Comments Add Comment

रामचन्द्र होइन, मैले मात्र देउवालाई हराउन सक्छु : शशांक

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा आफूले शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गरेका छन् ।

१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनको भनाइ छ । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहे पनि

देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उनले बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताए ।

यद्यपि सभापतिको उम्मेदवार बन्न संस्थापन इतरको समूहमा धेरै नेताहरुको दाबी रहेको स्वीकार गरे । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको नाम लिएका उनले सबै मिलेर एक जना उम्मेदवार बन्नुपर्ने बताए ।

‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरुले पनि सक्दैन’ उनले भने, ‘ग्यारेण्टीका साथ भन्छु शेरबहादुरजीलाई हराउने व्यक्ति म बाहेक अरु छैन ।’

उनले पार्टीमा मनोमानी गरेको भन्दै देउवाको आलोचना गरे । महाधिवेशन नजिकिँदै गर्दा भोटका लागि विभाग गठन गरेको र विधान विपरित भयो भनेर आफूहरुले विरोध गर्दा नसुनेको भन्दै उनले महाधिवेशनबाट यसको जवफ दिनुपर्ने बताए । कोइरालाले भने, ‘उहाँले मनोमानी गर्नुभयो । हाम्रो विरोध पनि सुन्नु भएन । महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्‍यो । किनकी अरु विकल्प छैन ।’

महाधिवेशनमा गुट उपगुट हुनु स्वभाविक भएको तर सभापति भइसकेपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु देउवाको कमजोरी भएको उउनले बताए । कोइरालाले भने, ‘महाधिवेशन सकिने वित्तिकै पार्टीलाई एक बनाउनुपर्‍यो, जुन शेरबहादुरजीले सक्नुभएन । आज पनि मेरो र तेरो मान्छे भन्नुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment