Comments Add Comment

उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीन सीडीओको बैठक बस्दै

९ भदौ, काठमाडौं । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको निर्णयबाट लगाइएको साताव्यापी निषेधाज्ञाबारे समीक्षा गर्न मंगलबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्दैछ ।

बैठकमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उपस्थित हुनेछन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक हप्ता लामो निषेधाज्ञाको अवधि सकिनै लागेकाले अब के गर्ने भन्ने विषयमा छलफल हुने बताए । उनले अनलाइनखबरसँग भने, ‘अहिल्यै हटाउने वा थप्नेबारे केही भन्न सकिन्न तर, बैठकले त्यसबारे निर्णय गर्नेछ ।’

तर, स्रोतले भने थप एक साता निषेधाज्ञा गर्ने निर्णय हुनसक्ने बतायो ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्नेछन् ।

होटल, रेष्टुरेन्ट, फुटपाथ पसल समेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment