+
+

कोरोना रोकथाममा सरकारका गतिविधि हेर्न संसदीय उपसमिति

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ९ गते १६:१२

९ भदौं, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को जोखीम न्युनीकरण र रोकथाममा सरकारले गरेका गतिविधि अनुगमन गर्न संसदीय उपसमिति गठन भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको भर्चुअल बैठकले सात सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमतिलाई बढ्दो संक्रमण रोक्न सरकारले गरेका कामको अनुगमन गर्न र सरकारलाई सुझाव दिने जिम्मेवारी दिइएको छ ।

समिति सभापति जयपुरी घर्तीले उपसमितिको म्याद कोरोना भाइरस संक्रमण अन्त्य नभएसम्म रहने बताइन् ।

उपसमितिमा सांसदहरु जीवनराम श्रेष्ठ, सन्तकुमार थारु, अञ्जना विशंखे, सरिता न्यौपाने, एकवाल मियाँ, नमिता चौधरी र तिलक महत सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?