Comments Add Comment

एन्फाले प्रशिक्षकका लागि विभिन्न ११ कोर्स सञ्चालन गर्ने

९ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०२०-२१ सिजनमा फुटबल प्रशिक्षणका विभिन्न ११ कोर्स सञ्चालन गर्ने भएको छ । एन्फाले सबै कोर्सको विस्तृत विवरणसहित त्यसको मिति पनि वेवसाइटमार्फत सार्वजनिक गरेको छ ।

एन्फाले उक्त प्रशिक्षण कोर्स लिन इच्छुकले वेवसाइटमार्फत नै आवेदन दिन सक्नेछन् ।

एन्फाले एन्फा/एएफसी कोचिङ लाइसेन्सका लागि विभिन्न ६ कोर्स सञ्चालन गर्ने भएको छ । यस्तै एएफसी स्पेसल कोर्स अन्तर्गत फिटनेस कोर्स, एएफसी गोलकिपिङ कोर्स र एएफसी फुटसल कोर्च सञ्चालन गर्ने भएको छ ।

एन्फाले २०२० अक्टोबरमा ग्रासरुट कोचिङ कोर्स गर्नेछ । दुई दिने यो कोर्स फुटबलसम्बन्धी आधारभूत ज्ञान भएकोले निशुल्क हुनेछ । यस्तै यसै वर्ष डिसेम्बरमा कम्युनिटी कोचिङ कोर्स (जसलाई डी लाइसेन्स पनि भनिएको छ) गर्ने भएको छ । चार दिन सञ्चालन हुने यो कोर्स लिन ३ हजार शुल्क लाग्नेछ भने यसका लागि फुटबल खेलाडी भएको हुनुपर्नेछ ।

यसैगरी एएफसी बी र सी लाइसेन्स कोचिङ कोर्स २०२१ जनवरीमा हुनेछ । सन् २०२० नोभेम्बरमा एएफसी बी लाइसेन्स कोर्स सञ्चालन हुनेछ । यस्तै एन्फा एडभान्स युथ कोचिङ कोर्स २०२० डिसेम्बरमा हुनेछ ।

२०२१ फेब्रुअरीमा एएफसी फिटनेल लेभल वान ए कोचिङ कोर्स हुनेछ । एएफसी गोलकिपिङ लेभल वान कोचिङ कोर्स २०२१ जुनमा अञ्चालन हुनेछ । गोलकिपिङ लेभल २ कोचिङ कोर्स २०२१ डिसम्बरमा हुनेछ । यस कोर्स गर्नका लागि एएसी बी लाइसेन्स र एएफसी गोलकिपिङ लेभल वान कोर्स पास भएको हुनुपर्नेछ ।

एएफसी फुटसल लेभल वान कोचिङ कोर्स २०२१ जुलाईमा हुनेछ ।

कोरोना महामारीको कारणले गर्दा तोकिएको कोर्स सञ्चालन मितिमा हेरफेर हुनसक्ने एन्फाको हेड अफ कोच एजुकेसन सञ्जित सिंहले बताए । छनोट परेका प्रशिक्षकहरुलाई कोर्स हुने स्थान र अन्य सबै जानकारी गराइने पनि सिंहले जानकारी दिए ।

यसअघि एएफसीले सञ्चालन गर्दै आएको कोर्स पनि अब एन्फा आफैंले सञ्चालन गर्ने र त्यसको एएफसीसँग स्वीकृति मागिएको सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment