+
+
Shares

मुख्यमन्त्रीको सुरक्षामा खटिएका तीन प्रहरीमा कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ९ गते २१:५९

९ भदौ, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिँदै आएका तीनजना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका तीनजना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले पुष्टि गरे ।

संक्रमित हुनेमा एकजना हवल्दार र २ जना प्रहरी जवान छन् ।

मुख्यमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीहरुको पीसीआर स्वाब परीक्षण गर्दा तीनजना सुरक्षाकर्मीमा पनि कोरोना पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका एकजना प्रहरीमा यसअघि नै संक्रमण देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?