Comments Add Comment

अटोबायोग्राफी सार्वजनिक गर्दै सैफ

बलिउडमा २ दशक समय बिताइसकेका नायक सैफअली खानले आउँदो बर्ष आफ्नो अटोबायोग्राफी सार्वजनिक गर्ने तयारी गरेका छन् । उनको यो पुस्तकर्लाइ हार्पर कालिन्सले सार्वजनिक गर्नेछ ।

यो पुस्तकमा सैफको चलचित्र र व्यक्तिगत जीवनसँग जोडिएका बिषयहरु उल्लेख हुनेछन् । सैफ आफ्नो निजी जिन्दगीलाई पहिलो पटक पुस्तकमार्फत सार्वजनिक गर्न तयार भएका छन् ।

सैफले पुस्तकमा आफ्नो घर, परिवार, सफलता, असफलता, बलिउडमा उनको प्रभावलाई सार्वजनिक गर्ने तयारी गरेका छन् । सैफले जिन्दगीमा धेरै कुरा परिवर्तन भएको र यी कुराहरुलाई सार्वजनिक नगर्ने हो भने यसै हराएर जाने भएकाले आफूले अटोबायोग्राफी सार्वजनिक गर्न लागेको बताएका छन् ।

सैफले मानिसहरुले आफ्नो पुस्तक पढेर आनन्द लिने बताए । सैफले ५० भन्दा बढी चलचित्रमा काम गरेका छन् भने उनले राजीव गान्धी पुरस्कार, पद्यमश्री पुरस्कार, राष्ट्रिय पुरस्कार जितेका छन् ।

सैफको पहिलो वैवाहिक जीवन असफल भएपछि उनले नायिका करिना कपुरसँग दोश्रो बिहे गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment