Comments Add Comment

१३ औं साग खेलेका बक्सिङ खेलाडीको कोरोना बिमा

१० भदौ, काठमाडौं ।  गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बिमा गरिएको छ ।

पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३ औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बिमा गरिदिएका हुन् ।

नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बिमा गरिदिएका हुन् ।

१३ औं सागमा १० पुरुष र ६ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो । १३ औं सागमा नेपालका मीनु गुरुङ, सनील शाही र भूपेन्द्र थापाले स्वर्ण पदक जितेका थिए ।

यसैगरी ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कांस्य पदक जितेका थिए । १३ औं सागमा दीपक श्रेष्ठ मात्र पदक जित्न असफल भएका थिए ।

यसैगरी १३ औं सागमा प्रशिक्षणमा सहभागी बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि कोरोना बिमा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment