Comments Add Comment

रिया भन्छिन्–‘मैले सुशान्तको पैसा खर्च गरेको थिइनँ’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको २ महिना बढी भैसकेको छ । तर, उनको मुद्दाको छानबिन अझै सकिएको छैन । अहिले यो मुद्दालाई भारतको सीबीआइले छानबिन गरिरहेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यो मुद्दाको वरिपरी सबैभन्दा धेरै घेरिएकीछिन् ।

उनै रियाले एक भारतीय टेलिभिजनसँग कुरा गर्दै भनेकी छिन्–‘सन. २०१९ को अक्टुबर महिनामा हामी यूरोप टुरमा गएका थियौं । फ्लाइटमा बस्नु अगाडि सुशान्तले निन्द्राको औषधी लिएका थिए । डाक्टरको सल्लाहविना उनले औषधी लिएका थिए र उनी फ्लाइटमा निकै डराएका थिए । पेरिस पुगेपछि उनी ३ दिनसम्म आफ्नो कोठाबाट बाहिर निस्किएनन् ।’

रियाले स्विजरल्याण्डमा भने सुशान्त एकदमै ठिक रहेको बताएकी छिन् । उनले इटालीको एउटा होटलमा पुग्दा सुशान्तले आफूले कोठामा केही देखेको बताएकी छिन् । रियाका अनुसार, सुशान्तले उनीसँगको कुराकानीमा सन् २०१३ मा आफूलाई डिप्रेशन भएको बताएका थिए ।

सुशान्तको स्वास्थ्य अवस्था विग्रिएपछि आफूहरु यूरोपको टुर छोट्याएर भारत फर्किएको रियाको भनाई छ ।

सुशान्तको पैसामा बाँचिरहेको भन्ने आरोपमा रियाले भनेकी छिन्–‘मलाई फोटोसुटका लागि पेरिस जानुपर्ने थियो । कम्पनीले टिकट पनि पठाएको थियो । तर, सुशान्तले उक्त टिकट रद्द गरेर फस्र्ट क्लासको टिक काटेका थिए । साथै, होटल र बाँकी टुरका लागि महंगो रकम खर्च गरेका थिए । सुशान्तले यसरी पैसा खर्च गरेको मलाई मन पर्दैनथ्यो । तर, उनले जे चाहेका थिए, सोही गरे । मैले प्रश्न उठाउने ठाउँ थिएन ।’

रियाका अनुसार, सुशान्तले आफ्ना साथीहरुका लागि पनि पैसा खर्च गर्ने गर्थे । थाइल्याण्ड टुरका क्रममा सुशान्तले ७० लाख खर्च गरेर प्राइभेट जेट बुक गरेको रियाको भनाई छ । रियाका अनुसार, सुशान्त स्टारको जीवन बाँचिरहेका थिए । रियाले आफूले सुशान्तको पैसा खर्च नगरेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment