Comments Add Comment

बिहीबार जहाज चढेर ४३७ जना नेपाल आए, २०३ जना बाहिरिए

११ भदौ, काठमाडौं । विदेशमा रहेका नेपालीका लागि अहिले उद्धार उडान भइरहेका छन् । सोही क्रममा बिहीबार विभिन्न तीन एयरलाइन्सबाट ४३७ जना यात्रु नेपाल आएका छन् ।

नेपालबाट भने ४ बच्चासहित २०३ जना यात्रु बाहिरिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार हिमालय एयरलाइन्सले साउदीको दमामबाट १५४ जना यात्रुलाई काठमाडौं ल्याएको छ ।

आजै नेपाल एयरलाइन्सको वाइडबडी जहाजले साउदीको रियादबाट २६३ यात्रु बोकेर काठमाडौं आएको छ । यी जहाजमा दमामबाट २ र रियादबाट ४ वटा शव गरी कुल ६ वटा शवसमेत आजै नेपाल ल्याइएको छ । लकडाउनपछि विदेशमा निधन भएका व्यक्तिहरुको शव उतै रोकिएका थिए ।

आज हङकङबाट क्याथे ड्रागनको जहाज समेत काठमाडौं आएको छ । यो जहाजमा भने कार्गो आएको कार्यालयले जनाएको छ ।

आज टर्कीको इस्तानबुलबाट टर्कीस एयरले २० जनालाई काठमाडौं ल्याएको छ । सो जहाजमा काठमाडौंबाट भने ४ बच्चासहित २०३ जना यात्रु लगेर उडेको छ ।

सरकारले दैनिक ५ सय जना यात्रुलाई काठमाडौं ल्याउने गरी पाँचौ चरणमा एयरलाइन्सहरुलाई उडान अनुमति दिएको छ । आजै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका एक एक जहाज क्वालालाम्पुर पुग्दैछन् । हिमालयको अर्को जहाज भने चीनको चोङछिङ जाँदैछ । यी जहाज शुक्रबार फर्कनेछन् । शुक्रबार दोहाबाट कतार एयरवेज पनि काठमाडौं आउँदैछ ।

आन्तरिकतर्फ आइतबार तारा एयरले ३ यात्रु लिएर रामेछाप उडेको छ । सीता एयरको जहाज १४ यात्रु बोकेर सिमकोट लागेको छ । मनाङ हेली फाप्लु उडेको छ । मनाङकै अर्को हेलि एक यात्रु लिएर ओखलढुंगा गएको थियो । फर्कदा तीन यात्रु लिएर काठमाडौं आएको छ । श्री एयरको जहाज ५ यात्रु बोकर पाँचथर उडेको छ । मनाङको अर्को हेलि ५ यात्रु बोकेर लुक्ला गएको थियो । फर्कदा ३ यात्रु लिएर आयो । समिट एयरको जहाज १ यात्रु ल्याएर काठमाडौं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment