+
+
Shares

‘बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते ११:२८

१२ भदौ, काठमाडौं । बेलायतमा गरिएको एक अध्ययनले बालबालिकामा कोरोना भाइरस (कोभिड–१९) को गम्भीर संक्रमण ‘दुर्लभ’ रहेको देखाएको छ । साथै कोरोना भाइरसको कारण बालबालिकाको मृत्यु हुनु अझै दुर्लभ रहेको बिहीबार बेलायतमा प्रकाशित एक अध्ययनले देखाएको हो ।

यो अध्ययन कोभिड–१९को कारण बेलायतको १३८ अस्पतालमा भर्ना गरिएका बालबालिकामा गरिएको थियो । यो अध्ययनका अनुसार अस्पतालमा भर्ती गराइएका बालबालिकामध्ये केवल ६ जनाको मृत्यु भएको थियो । अस्पतालमा भर्ना भएका समग्र बालबालिकामा यो संख्या केवल एक प्रतिशत हो ।

कोरोना भाइरसको कारण मृत्यु भएका बालबालिकाहरुमा पनि पहिला नै अन्य स्वास्थ्य समस्या पनि रहेको अध्ययनमा पाइएको थियो ।

यो अध्ययनको नेतृत्व गरिरहेका युनिभर्सिटी अफ लिभरपुलका प्राध्यापक डाक्टर म्याकलम सेम्प्ले भन्छन्, ‘निश्चितरुपमा हामी के भन्न सक्छौँ कि बालबालिकालाई कोभिड–१९ ले ठूलो नोक्सानी पुर्याएको छैन ।’

उनले यो अध्ययनबाट बालबालिकामा कोरोना भाइरसको गम्भीर संक्रमण दुर्लभ रहेको स्पष्ट रहेको बताए । ‘यससँगै अब अभिभावक विद्यालय जाँदा बालबालिकालाई प्रत्यक्षरुपमा कुनै किसिमको खतरा नरहेकोमा आश्वस्त पनि हुन सक्छन्’, उनले भने ।

कोरोना भाइरसको विश्वव्यापी तथ्यांक हेर्ने हो भने पनि संक्रमित बालबालिकाको संख्या कम छ । अहिलेसम्म विश्वभर केवल एकदेखि दुई प्रतिशतसम्म मात्र बालबालिका वा किशोर/किशोरी प्रभावित भएको पाइएको छ ।

संक्रमित भएका बालबालिकाहरुमा अधिकांशमा कुनै पनि लक्षण देखिएको छैन । यो अध्ययनमा १९ वर्षभन्दा मुनिका ६५१ जनालाई सामेल गराइएको थियो । उनीहरुलाई जनवरी १७ देखि जुलाई ३ को बीचमा अस्पतालमा भर्ना गरिएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?