Comments Add Comment

चेन्नाई सुपर किंग्सका एक खेलाडीसहित १२ जनामा कोरोना संक्रमण

१२ भदौ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)का लागि हाल युएईमा रहेको चेन्नाई सुपर किंग्सका एक खेलाडीलाई कोरोना संक्रमण भएको छ ।

सेप्टेम्बर १९ देखि युएईमा सुरु गर्ने तयारी रहेको १३औं संस्करणको आईपीएल खेल्न युएई पुगेको चेन्नाईका एक खेलाडीसहित १२ जनामा कोरोजना पोजेटिभ देखिएको इन्डिया टुडेले जनाएको छ ।

संक्रमण हुनेमा एकजना फास्ट बलर रहेको र उनी अहिले आइसोलेसनमा बसेको इन्डिया टुडेले जनाएको छ । संक्रमित हुनेमा एकजना सोसियल मिडिया टिमका छन् र बाँकी १० जना सपोर्ट स्टाफ छन् । अहिले उनीहरु सबै जना सेल्फ आइसोलेसनमा बसेका छन् र कुनै लक्षण नदेखिएको नजाइएको छ ।

कोरना संक्रमण हुने खेलाडीको नाम भने खुलाइएको छैन । चेन्नाई सुपर किंग्सले हेल्थ अफिसियल र बीबीसीआईको एसओपी अनुसार सबै सेफ्टी प्रोटोकल पालना गरिरहेको छ ।

आईपीएल २०२० का लागि सहभागी ८ वटै टिम अहिले युएई पुगिसकेका छन् । युएई पुगेका सबै खेलाडी र स्टाफहरुको कोरोना परिक्षण गरिनेछ र अनिवार्य ६ दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्नेछ ।

किंग्स ११ पञ्जाव राजस्थान रोएल्स र रोएल च्यालेन्जर्स बैंगलोरले ६ दिनको क्वारेन्टिन अवधी सकाएर प्रशिक्षणसमेत थालिसकेका छन् ।

क्वारेन्टिन अवधि सकिए पनि कोरोना संक्रमण देखिएपछि चेन्नाईको प्रशिक्षण सुरु हुन ढिलाइ भएको छ । चेन्नाई अगष्ट २१ मा यूएई पुगेको थियो र उनीहरुको क्वारेन्टिन अवधि थप एक साता लम्बिएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्न थालेपछि यस सिजन आइपीएल युएईमा गर्न लागिएको हो । त्यसको लागि भारत सरकारले अनुमति दिइसकेको छ र युएईको क्रिकेट बोर्डले पनि सघाउने भएको छ ।

तर अहिलेसम्म प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छैन । यद्यपि सेप्टेम्बर १९ मा साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नाई सुपर किंग्सबीच खेल हुने सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment