१२ भदौ, कैलाली । जिल्लाको पुनर्बास नगरपालिका– १ गणेश बस्तीमा आफ्नै आमाले विष खुवाउँदा ८ महिने शिशुको मृत्यु भएको छ ।
स्थानीय २४ बर्षीया निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फास नामक विषादी सेवन गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
‘आमाले आफूसँगै शिशुलाई पनि विष खुवाएकी थिइन्’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने ‘आमा बाँचिन्, शिशुको मृत्यु भयो ।’
निर्मला अहिले धनगढीस्थित सारथी अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको होस् अझैसम्म खुलेको छैन । तर, स्वास्थ्यमा केही सुधार आएको प्रहरीको भनाइ छ ।
‘घटनाबारे अनुसन्धान भइरहेको छ’ प्रहरी नायव उपरीक्षक थापाले भने ‘उनको स्वास्थ्यमा सुधार आएलगत्तै शिशुलाई पनि किन विष खुवाइन् भन्नेबारे हामी सोधपुछ गर्नेछौं ।’
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4