Comments Add Comment

वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हट्यो

सवारी साधनमा जोरबिजोर प्रणाली

फाइल तस्वीर

१२ भदौ, सुर्खेत । वीरेन्द्रनगरमा १२ दिनदेखि जारी निषेधाज्ञा सर्तसहित हटाइएको छ । भदौ एक गतेदेखि जारी निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि हटाउने निर्णय भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले चाडपर्वमा कोभिड-१९ संक्रमणको जोखिम रहने भन्दै विषेधाज्ञा जारी गरेको थियो ।

जिल्लामा निषेधाज्ञा हटाइए पनि कोरोना संक्रमणको जोखिम रहेकोले केही शर्त भने कायमै रहको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘आज राति १२ बजेदेखि निषेधाज्ञा खुला गरिएको छ । तर केही शर्तभने लागू गरिएको छ,’ उनले भने ।

प्रजिअ रेग्मीका अनुसार नागरिकलाई मास्क लगाउने, भौतिक दुरी कायम गराउने र भिडभाड नियन्त्रण गर्नेतर्फ प्रशासन केन्द्रित हुनेछ ।

प्रशासनले वीरेन्द्रनगरमा उपत्यकामा चल्ने सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने बताएको छ । अत्यावश्यक सेवाका सवारीसाधनको हकमा भने यो नियम लागू हुने छैन । यस्ता सवारीसाधनहरु अन्य दिनहरुमा जस्तै निर्वाध चल्न सक्नेछन् ।

त्यस्तै सैलुन र व्युटीपार्लर बाहेक अन्य पसलहरु विहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्न आहृवान गरेको छ । पसल खोल्दा सामाजिक दुरी र आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिनु पर्नेछ ।

साँझ ७ बजेपछि सवारीसाधन चलाउँन पाइने छैन भने भेला, जुलुस, गोष्ठी, सेमिनार पूर्णरुपमा बन्द गरिएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment