Comments Add Comment

स्याङ्जा मूल घर भएका केसीको स्पेनमा मृत्यु

बार्सिलोना । स्याङ्जाको भिरकोट नगरपालिका–१ दारसिंग मूलघर भएका ४१ वर्षीय धन बहादुर केसीको स्पेनको एक अस्पतालमा मृत्यु भएको छ ।

क्यान्सर रोगबाट पीडित केसीको उपचारकै क्रममा बुधबार दिउँसो भाल्द्रेवन हस्पिटलमा मृत्यु भएको हो । केसी मूत्रथैलीको क्यान्सरबाट पीडित थिए ।

स्पेनमा स्थायी आवासीय अधिकार पाइसकेका उनी परिबारसहित बार्सिलोनामा बस्दै आएका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा छन् ।

यसैबीच एनआरएनए स्पेनले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय केसीप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ ।

संघले अध्यक्ष दिनेश गुरुङको संयोजकत्वमा केसीको शव ब्यबस्थापन र सहयोगका लागि मूल सहयोग समिति गठन पनि गरेको छ ।

स्वर्गीय केसीको अगस्ट ३० तारिख आइतबार बार्सिलोना मन्जुईमा दाहसंस्कार गरिने एनआरएनए आईसीसी सदस्य चिन्तामणी सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment