+
+
Shares

कविता : आँशु

कृष्णमणि पराजुली कृष्णमणि पराजुली
२०७७ भदौ १३ गते ८:४२

आँशुमा रमाउनेहरूको लागि
आँशु छैन भने के दिन सकिन्छ ?
सबै आँशु रित्याउँदा पनि
तृप्त हुन नसक्ने प्रवृत्तिलाई
जगैदेखि उखालिदिने सहयोगी पाखुरा भइदिए
सायद आँशु रमाउँथ्यो होला रू

तर, खै ती हातहरू पनि
पक्षघात भएजस्तो आभास भएको छ
ती कतै निस्क्रिय अवस्थामा रहेका हुन सक्छन्
ती कतै सुसुप्त अवस्थामा हुन सक्छन्
त्यसैले अहिले यहाँ
नयाँ हात खोजिको जरुरत छ
हो, अब ती हातहरूले
पुराना खील पल्टिएका
दुःख दिने घाउहरूलाई
जरैदेखि उखाल्नु परेको छ
हो, त्यसैले मलाई
नयाँ हातहरूको धोको छ ।

ती आँशु पिउने बचेराहरू पनि
सिक्न थाल्नेछन् पिउन व्यथाहरू
पिउने लत भएकाहरुले
यसरी नै सिकाएका हुन्छन्
आँशुमा पल्किएकाले
अरुलाई पनि पल्काउने गर्छन्

तर ती आफ्नै बेहोशीमा
हराउँदै–हराउँदै
पर क्षितिजबाट आफँै हराउने छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?