Comments Add Comment

इंग्ल्याण्ड र पाकिस्तानबीचको पहिलो टी-२० नतिजाविहीन

१३ भदौ, काठमाडौं । इंग्ल्यान्ड र पाकिस्तानबीचको पहिलो टी-२० खेल नतिजाविहीन भएको छ । वर्षाले प्रभावित खेल वासआउट भएको हो ।

म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा शुक्रबार राति भएको खेलमा घरेलु टोली इंग्ल्याण्डले पहिले ब्याटिङ गरिरहेको बेला वर्षाले खेल प्रभावित बनेपछि नतिजाविहीन भएको हो । लामो समयसम्म पनि वर्षा नरोकिएपछि खेल रद्द गरिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले खेल रोकिनुअघिसम्म १६.१ ओभर खेल्दै ६ विकेट गुमाएर १३१ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर टम ब्यान्टनले ४२ बलमा ७१ रन बनाएका थिए । टी-२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाएका ब्यान्टन टी-२०मा इंग्ल्यान्डका लागि अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने ।

यस्तै डाविड मालनले २३ तथा कप्तान इयान मोर्गनले १४ रन बनाए । पाकिस्तानका लागि इमाद वासिम र शदाब खानले २-२ विकेट लिएका थिए ।

तीन खेलको सिरिज अन्तर्गतको दोस्रो खेल अगष्ट ३० मा हुनेछ भने अन्तिम खेल सेप्टेम्बर १ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment