Comments Add Comment

बलिउड अभिनेत्री जसले करियर र परिवारबीच यसरी सन्तुलन मिलाए

विवाह गरेपछि अझ सन्तानको आमा बनेपछि महिलाहरुले आफ्नो करियरलाई सन्तुलित रुपमा अगाडि बढाउन सक्दैनन् । हामीकहाँ यस्तै धारणा छ । त्यसैले विवाह गरेपछि कतिपयले आफ्नो रुचीका क्षेत्र वा पेशा–व्यवसाय समेत त्याग्ने गरेका छन् । आमा भइसकेको अवस्थामा त सम्पूर्ण समय नै बालबच्चा र घरपरिवारमा लगाउनुपर्ने भएकाले आफैलाई भुल्नुपर्छ भन्ने लाग्छ । तर, के विवाह वा सन्तानको आमा भइसकेपछि आफ्नो सीप, क्षमता, रुचीलाई चटक्कै छाड्नुपर्छ ?

बलिउड अभिनेत्रीहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ, जसले करियर र परिवारलाई सन्तुलित ढंगले अगाडि बढाए । आमा भइसकेपछिको अवस्थामा पनि उनीहरुले आफ्नो करियरबाट विमुख भएनन् । उत्तिकै शसक्त ढंगले अगाडि बढाए ।

करिना कपुर त्यसबेला आमा बनिन्, जतिबेला उनको करियर उत्कर्षमा थियो । धमाधम फिल्म खेलिरहेकी थिइन् । एकपछि अर्को हिट फिल्मको सूची उनकै नाममा थियो । ठीक यहिबेला उनले सैफ अली खानसँग विवाह गरिन् । बच्चा जन्माइन् ।

जिरो फिगरको लागि कहलिएका उनले बच्चा गर्भमा रहेपछि स्लिम हुने होइन, स्वस्थ्य हुने बाटो अपनाइन् । उनको मोटाइ बढ्यो ।

जब बच्चा जन्माइन्, उनले फिल्मबाट विश्राम लिइन् । लामो समय आफ्नै बच्चाको स्यहार-सुसारमा लागिन् । बच्चालाई कसरी ख्वाउने, हुर्काउने, संस्कार दिने भन्ने कुरामा उनले सम्पूर्ण समय लगाइन् । जब छोरो हुर्किदै गयो, त्यसपछि उनी पुन आफ्नै लयमा फर्किइन् । फिगर मेन्टेन गरिन् । र, पुरानै अवस्थामा फर्किइन् ।

बलिउडकी सर्वाधिक आकर्षक अभिनेत्री, विश्व सुन्दरीको ताज विजेता ऐश्वर्य राय जब गर्भवती भइन्, उनले आफ्नो गर्भको बच्चालाई बढी ख्याल गरिन् । यसबीचमा उनी वेपत्तासँग मोटाइन् पनि ।

अहिले उनी धेरैजसो समय छोरीसँगै देखिन्छिन् । विश्व सुन्दरीको शीर्ष ताज जितेकी उनी सफल आमाको रुपमा पनि चिनिन्छन् । अक्सर उनी छोरीसँगै हुन्छिन् । चाहे बलिउड इभेन्टमा होस् वा घुमफिरमा । एकातिर उनी छोरी हुर्कारहेकी छिन् भने अर्कोतिर आफ्नो करियरलाई पनि अगाडि बढाइरहेकी छिन् ।

आफ्नो जमनामा सर्वाधिक कमाई गर्ने अभिनेत्रीको रुपमा चिनिन्थे काजोल । करियरको उचाईमा रहँदै काजोलले अभिनेता अजय देवगनसँग विवाह गरिन् । विवाह छि उनी पुरै पारिवारिक लयमा मिसिइन् । करियरलाई पूर्ण बिराम लगाइन् । किनभने उनी आफ्नो सम्पूर्ण समय बच्चाहरुका निम्ति खर्चन चाहन्थिन् । काजोल दुई सन्तानकी आमा हुन् । उनले एक छोरी र छोरोलाई हुर्कारहेकी छिन् ।

माधुरी दीक्षितले डा. श्रीराम नेनेसँग विवाह गरिन् । विवाह अघि उनी फिल्मी क्षेत्रमै रमाइरहेकी थिइन् । जसै विवाह गरिन्, करियरलाई बिट मारिन् । पारिवारिक जीवनमा फर्किइन् । त्यसको पाँच बर्षपछि फिल्मी जीवनमा फर्किइन् । अतः टिभी, डान्स एकेडेमी र स्टेज शोमा सक्रिय रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment