Comments Add Comment

१५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

१३ भदौ, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र दाङको राप्ती प्रादेशिक अस्पतालका १५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मुटु अस्पतालमा कार्यरत ६ जना नर्समा कोरोना पोजेटिभ देखिएको हो । यसअघि तीनजना चिकित्सकमा संक्रमण देखिएको थियो । स्वास्थ्यकर्मी संक्रमित भएपछि मिर्गौलाको डायलाइसिस वाहेक सबै सेवा बन्द गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । सबै स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षण गरेर रिपोर्ट आएपछि मात्रै अस्पताल सञ्चालनमा आउने उनले बताए ।

यस्तै राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा कार्यरत ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार गरिएको परीक्षणमा अस्पतालका दुई चिकित्सक र सातजना स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानरपालिकाका कोरोना फोकलपर्सन विमल केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment