
१४ भदौ, काठमाडौं । कृषिजन्य उत्पादन होम डेलिभरी रोकिएकोप्रति कृषि विभागले आपत्ति जनाएको छ । बुधबार एक विज्ञाप्ति जारी गर्दै विभागले कोभिड-१९ सुरक्षाको उपाय अबलम्बन गरेर अनलाइन डेलीभरी सेवा सुचारु गर्न दिन प्रहरी-प्रशासनलाई आग्रह गरेको छ ।
‘कृषि सामग्री तथा उपजको सहज ढुवानी तथा वितरणमा सहजता ल्याउन स्वतःस्फूर्त थालिएको अनलाइन मार्केटिङको माध्यमलाई सहजीकरण गर्न आवश्याक छ,’ विभागले भनेको छ ।
कृषिजन्य उत्पादनको वितरणमा अवरोध पुर्याउँदा कृषकले गरेको उत्पादन खेर जाने र उपभोक्ताले सहज रुपमा वस्तु नपाउने अवस्था सिर्जना हुने विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4