+
+
Shares

आइतबार ४८० जना यात्रु नेपाल आए, ४२ जना बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १८:४३

१४ भदौ, काठमाडौं । पाँचौ चरणको उद्धार उडानका दौरान आइतबार काठमाडौंमा कुल ८ उडान-अवतरण भए । ती उडानबाट कुल ४८० जना यात्रु नेपाल आएका छन् ।

४२ जना यात्रु भने नेपालबाट विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भूटानको डु्रक एयरले १ बच्चासहित १० यात्रुलाई काठमाडौंबाट भुटान लगेको छ ।

नेपाल एयरलाइन्सले मलेसियाबाट १५१ जना यात्रुलाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले भने क्वालालाम्पुरबाट १५६ जनालाई ल्याएको छ । आज मलेसियाबाटै मालिन्दो एयरले १७३ जनालाई काठमाडौं ल्याएको छ ।

त्रिभुवन विमानस्थलका अनुसार हिमालय एयरलाइन्सको जहाजले एक वटा शवसमेत ल्याएको छ । श्री एयरलाइन्सले आज ३२ जना यात्रुलाई थाइल्याण्ड उडाएको छ । यो जहाज नेपाल आउँदा एउटा शव ल्याएर आएको छ ।

आइतबार नै हिमालयको जहाजले कुनमिङबाट कार्गो उडान गरेको छ । हिमालय र नेपाल एयरलाइन्सको जहाज आज क्रमशः अबुधावी र दुबईका लागि उड्दैछ । यी जहाज सोमबार र्फकने छन् । आइतबार आन्तरिकतर्फ सिमि्रकले डोल्पाबाट ३ यात्रुलाई काठमाडौं लयाएको छ ।

३ यात्रु बोकेर कैलास हेली मुस्ताङ उडेको छ । सीता एयरले १५ यात्रुलाई नेपालगन्ज लगेको छ । सिमि्रकका दुई हेली नेपालगन्ज र बुटवलका लागि उडेका छन् । मनाङको एक हेलीसमेत बुटवल गएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?