Comments Add Comment

कसले चलाउँदैछ डा. केसीको फेक अकाउण्ट ?

१५ भदौ, काठमाडौं । अंग्रेजीमा डि.आर. गोविन्द केसी लेखिएको एउटा फेसबुक पेज निकै चर्चित छ । जहाँ केही समयअघि प्रहरीले डा. केसीलाई समाउँदै गरेको फोटो पोस्ट गरेर क्याप्सन लेखिएको छ :

‘केही दिनको हिरासतले अनवरत दीनदुःखी गरिबहरुको निःशुल्क सेवा गर्ने भाव कहाँ घट्छ र ? बाटो छेक्दैमा र हिरासतमा लिदैमा अभियान कहाँ रोकिन्छ र ? झन् सेवा भाव बढेर पो आउँछ । एउटा साधारण नागरिकसँग सरकार किन डराएको होला ? किन मैले बाटो विराएको हो ?’

उक्त पेजमा पछिल्लो समय डा. केसी दुर्गममा हिँडेको, खाएको, प्रहरीले धरपकड गरेकोलगायतका फोटो पोस्ट गरिएको छ ।

७७ हजारभन्दा बढी लाइक गरिएको उक्त पेजबाट एक दिनअघि मात्र फोटोसहित पोस्ट गरिएको छ, ‘विकट गाउँ घर र दुरदराजमा पुगेर निःशुल्क नागरिकको स्वास्थ्य सेवा गर्दा गज्जबको अनुभूति हुँदो रहेछ । झन् गाउँलेहरुकै दैलोमा डालोमा राखिएको सुक्खा रोटी र तरकारी खान पाउनुको आनन्द अनन्त छ । गाउँलेको माया र सद्भावका लागि ऋणी छु, ऋणी रहिरहनेछु ।’

उक्त पोस्टलाई २१ हजारले रियाक्ट गरेका छन् भने दुई हजार चार सयले लाइक र एक हजार ९ सय जनाले कमेन्ट गरेका छन् ।

हुन त डा. गोविन्द केसी अहिले जुम्लामा नै छन् । तर, सामाजिक सञ्जालका यी खबरबारे डा. केसी आफैं बेखवर छन् । आफ्नो फेसबुक ट्वीटर र कुनै सामाजिक सञ्जालमा उपस्थिति नरहेको डा. कसीले अनलाइनखवरसँग बताए । ‘मेरो मोबाइल नम्बर र सम्पर्कको लागि इमेलबाहेक अरु केही छैन’, उनले भने, ‘मेरो नाममा सामाजिक सञ्जालमा भएका सबै अकाउण्टहरु फेक हुन् ।’

डा. केसीका नाममा एक दर्जन दर्जन बढी फेसबुक र ट्वीटर पेजहरु सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment