Comments Add Comment

सप्तरी र महोत्तरीमा एक साता लम्बियो निषेधाज्ञा

१५ भदौ, जनकपुरधाम । प्रदेश २ को सप्तरी र महोत्तरीमा पुनः एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको छ । दुवै जिल्लामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञा जारी रहनेछ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित दुवै जिल्लास्तरीय समितिको सोमबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको जानकारी दिए ।

यस्तै महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले आगामी भदौ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment