१४ भदौ, बुटवल । भैरहवाको भीम अस्पतालमा सोमबारदेखि आईसीयू बेड सञ्चालनमा आएको छ ।
प्रदेश सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेको यो अस्पतालमा आईसीयू वेड भए पनि जनशक्ति अभावमा पाँच महिनादेखि सञ्चालनमा थिएन ।
युनिभर्सल मेडिकल कलेजले एनेस्थेसियाको जनशक्ति पठाएपछि आईसीयू वेड सञ्चालनमा ल्याइएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. शकुन्तला गुप्ताले भनिन्, कन्सल्ट्यान्ट फिजिसियन, मेडिकल अफिसर र नर्सिङका कर्मचारीको अझै अभाव छ ।’
तर आईसीयू सञ्चालनमा आएसंगै सोमबार चारजना संक्रमित भर्ना भएको बताइन् । बुटवलका ३ जना र धकधईका एकजना भर्ना भएका हुन् ।
कोरोना संक्रमितलाई उपचारका लागि २२ वटा जनरल बेड छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4