Comments Add Comment

भिडियोमा कमजोर बनेको हो प्रिज्मा र प्रिन्सीको क्रेज ?

टिकटक राम्रा प्रतिभाहरु जन्म दिने दरिलो प्लेटफर्म बनिरहेको छ । हुनत, हिजोआज टिकटकमा विकृती पनि प्रष्ट भेटिन्छ । तर, टिकटकबाटै आफ्नो करिअरमा नयाँ फड्को मार्नेहरुको कमी भने बजारमा छैन । अहिले त म्यूजिक भिडियोमा टिकटकबाट उदाएका राम्रा प्रतिभाहरुलाई मेकरले स्थान दिइरहेका छन् । यसैले, भिडियो बजारमा टिकटकबाट आएका प्रतिभाहरुको प्रतिस्पर्धा पनि दरिलो देखिन्छ । |

टिकटकमा लोभलाग्दो फलोअर्स भएपछि म्यूजिक भिडियोमा पकड बनाएका कलाकार हुन्, प्रिज्मा र प्रिन्सी खतिवडा । यी दुइलाई लिएर म्यूजिक भिडियो बनाउँदा राम्रो भ्यूज जान्छ भन्ने लोभमा धेरै मेकरले काम गरे । हुनपनि हो, केही समय अगाडिसम्म प्रिज्मा र प्रिन्साको बलियो उपस्थिती म्यूजिक भिडियोमा थियो । उनीहरुले अभिनय गरेका धेरै भिडियोको भ्यूज ५० लाखदेखि १ करोडसम्म छ । टिकटकबाट भिडियोमा उदाउँदै गर्दा उनीहरुप्रति आम दर्शकको चासो गज्जबको थियो । पछि, कलाकार सागर लम्सालको प्रवेश भएपछि उनीहरु झनै बलियो बने । सागर, प्रिज्मा र प्रिन्सीले धेरै भिडियोमा एकसाथ काम गरिरहेका छन् ।

एकातिर, म्यूजिक भिडियो अर्कोतिर टिकटकमा गीतको प्रमोशन गरेवापत राम्रो पारिश्रमिक, प्रिज्मा र प्रिन्सीको करिअर नै परिवर्तन भयो ।

तर, पछिल्लो समयमा उनीहरुले खेलेका भिडियोले युटुबमा आशातित भ्यूज पाइरहेका छैनन् । हुनत, नेपालका म्यूजिक भिडियो मेकरले राम्रो गीत बनाउने हो भने कलाकारमा महंगो खर्च गर्न आवश्यक छैन भन्ने अझै वुझेका छैनन् । औषत गीतमा जो कलाकारलाई खेलाएपनि गीतले चर्चा नपाउने निश्चित छ ।

प्रिज्मा, प्रिन्सी र सागरले अभिनय गरेको ‘हुन्छ खोसाखोस’ बोलको गीत रिलिज भएको एक साता बढी भैसक्यो । यो गीतले युटुबमा ३ लाख ६१ हजार मात्र भ्यूज पाएको छ । बजारमा गीतको खासै चर्चा भएन । यी तिन कलाकार राखेपछि भिडियो हेर्ने दर्शकको संख्या ह्वात्तै बढ्छ भन्ने निर्माताको अपेक्षा पुरा भएन ।

एक महिना अगाडि रिलिज भएको गायक शिव परियारको आवाजमा समावेश ‘नाच फिरिरी’ बोलको गीतमा पनि सागर, प्रिज्मा र प्रिन्सीको अभिनय छ । यो गीतलाई २१ लाखले हेरेका छन् । यो गीत पनि औषत चल्यो ।

उनीहरुले अभिनय गरेको ‘यस्तो बनोस् मेरो तिज’ बोलको गीत रिलिज भएको करिब २ महिना हुन लाग्यो । गीतलाई करिब ४२ लाखले हेरेका छन् । यो गीतको अडियो तीजको समयमा ठिकै चल्यो ।

पछिल्लो समयमा राम्रा गीतहरुले दर्शकको साथ विस्तारै पाएका छन्, तर पाएका छन् । यस्तो अवस्थामा प्रिज्मा र प्रिन्सीले पनि अडियो रोजाइमा चुजी बन्न आवश्यक देखिएको छ । एकातिर टिकटकबाटै आएका नयाँ नयाँ प्रतिभालाई मेकरले रोज्न थालेको अवस्था छ भने अर्कोतिर अफर आएका औषत गीतहरुमा पनि प्रिज्मा र प्रिन्साले काम गर्दा मिहिनेतले बनेको क्रेज कमजोर बन्न समय नलाग्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment