Comments Add Comment

सुदूरपश्चिम प्रदेशमा १०१ जनामा कोरोना संक्रमण

१६ भदौ कैलाली । सुदूरपश्चिम प्रदेशमा म‌ंगलबार १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढी, डडेल्धुरा र डोटी प्रयोगशालामा गरिएको परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा धनगढी प्रयोगशालामा ५ सय ६६ नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

धनगढी उपमहानगरपालिकाका ६, गोदावरीका नगरपालिकाका ४ र गौरीगंगा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । धनगढीकै परीक्षणमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका ३ जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये बझाङमा मात्रै ३८ जना रहेका छन् । बझाङको बुङ्गल नगरपालिकामा १४ जना, बिथ्थडचिर गाउँपालिकामा २ जना, छब्बिसपाथीभरामा २ जना, केदारस्यूमा १६ र थलारामा ४ जना जना सङ्क्रमित फेला परेका हुन् ।

त्यस्तै बैतडीका ११ जना, डडेल्धुरामा २ जना र अछाममा ५ जना सङ्क्रमित फेला परेको डडेल्धुरा अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । ७७ जनाको नमुना परीक्षण गर्दा डोटीका २४ र अछामका ७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment