Comments Add Comment

यतिकेमले ल्यायो नेपालमा रेमडेसिभिर औषधि

१६ भदौ, काठमाडौं । यतिकेम डिस्ट्रिव्युट्र्स प्रालिले कोभिड – १९ का बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधिको आयात गरेको छ । भारतीय औषधि निर्माण कम्पनी सिप्ला लिमिडेटबाट उत्पादित ४८० भाइल औषधि ल्याएको यतिकेमले जनाएको छ ।

कोरोनाका गम्भीर बिरामीको उपचारमा तुलनात्मक रुपमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर नेपालसहित विश्वभर क्लिनिकल ट्रायल (फेज थ्री) कै रुपमा प्रयोग हुँदै आएको छ ।

साउनको अन्तिम साता औषधि व्यवस्था विभागले क्लिनिकल ट्रायलका लागि आयात गर्न अनुमति दिएपछि यतिकेमसहित अरु दुई कम्पनीले नेपालमा रेमडेसिभिर वैधानिक रुपमा नेपाल भित्र्याएका छन् ।

यतिकेमले रेमडेसिभिरको मूल्य अधिकतम ६ हजार ४ सय रुपैयाँ तोकेको छ । स्वास्थ्य मन्त्रालयले क्लिनिकल ट्रायलको रुपमा भएकोले औषधिको खर्च मन्त्रालयले अस्पताललाई सोधभर्ना गरिदिने भन्दै बिरामीले तिर्नु नपर्ने बताएको छ ।

यतिकेमका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यले पहिलो लटमा ४८० भाइल औषधि आएको ल्याएको र १० सेप्टेम्बरमा यति नै परिमाणमा ल्याउने बताए । त्यसपछि २५ सेप्टेम्बरमा १०४० भाइल औषधि ल्याउने उनले जानकारी दिए ।

आयात गरिएको रेमिडिसिभिर औषधि काठमाडौँ, चितवन, विरगञ्ज, बुटवल लगायतका स्थानका अस्पतालमा पठाइएको र बाँकी स्थानमा पनि आवश्यकता अनुसार पुर्‍याउने यतिकेमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment