Comments Add Comment

कृषि ज्ञान केन्द्रको सेवा प्रभावकारी बनाउन किसान महासंघको माग

१६ भदौ, वीरगञ्ज । कृषि ज्ञान केन्द्रबाट पाउनुपर्ने सेवा सुविधा राम्रोसँग नपाएको गुनासो अखिल नेपाल किसान महासंघ पर्साले गरेको छ ।

महासंघले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाउँदै कृषि ज्ञान केन्द्र पर्साबाट पाउने कृषिसम्बन्धी परामर्श तथा अन्य सेवा सुविधाहरु समेत नपाएको गुनासो गरेको हो ।

बालीमा विभिन्न किसिमका रोग देखा पर्न थालेपछि परामर्श तथा किटनाशक औषधीको लागि कार्यालयमा पुग्दा निराश भएर फर्किनुपर्ने अवस्था रहेको महासंघमा आवद्ध किसानहरुको भनाइ छ ।

ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादव विगत डेढ महिनादेखि कार्यालयमा उपस्थित नभएको र कार्यालयमा एक मात्र विशेषज्ञ डा. यादव नै भएको उनीहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

महासंघ पर्साका अध्यक्ष शम्भु पाण्डेयको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा गएका किसानले ज्ञान केन्द्रबाट पाउनुपर्ने परामर्श लगायतको सेवा सहज रुपमा पाउने व्यवस्था मिलाउन प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment