Comments Add Comment

बागमती प्रदेशका ८ जिल्ला अस्पताल स्तरोन्नति गरिने

१६ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले मातहतमा रहेका जिल्लामा स्वास्थ्य सुविधा पुर्‍याउनका लागि अस्पतालको स्तरोन्नति गर्ने भएका छन् । प्रदेश मन्त्रिपरिषदको बैठकले अस्पताल नभएका जिल्लाका अस्पताललाई स्तरोन्नती गर्ने निर्णय गरेको हो ।

प्रदेशका ८ वटा जिल्लामा मात्र प्रदेश मातहतका अस्पतालहरु छन् । हाल दोलखा, काभ्रे, काठमाण्डौ, ललितपुर र चितवनमा प्रदेश मातहतका अस्पताल नभएको भन्दै स्तरोन्नति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।

बैठकले पर्यटन ब्यवसायको इजाजत नवीकरण तथा जरिवाना÷विलम्ब दस्तुरमा छुट दिने पनि निर्णय गरेको छ । बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी (पहिलो संशोधन) निर्देशिका २०७७, दुध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन स्वीकृत गर्ने गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

बैठकले महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment