+
+
Shares

हेटौंडामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १६ गते १९:३१

१६ भदौ, हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका क्षेत्रमा एकै दिन ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२९ जना हेटौंडाकै वासिन्दा र एक जना हेटौंडामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए ।

भदौ १३ गते संकलन गरेको स्वाबको रिपोर्ट मंगलबार सार्वजनिक भएको हो । कुल २ सय ७५ जनामा संकलन गरिएको संकलनमा २ सय ४० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको चौलागाईले बताए ।

पछिल्ला दिनमा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा भन्दा पनि हेटौंडामा कोरोना संक्रमित देखा परेका छन् ।

हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको एक उद्योगमा कार्यरत ११ जना मजदुरमा कोरोना पुष्टि भएको छ ।

उपमहानगरपालिका भित्र रहेको बहुराष्ट्रिय कम्पनी बर्जर पेन्टमा कार्यरत ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?