+
+
Shares

भरतपुर कोभिड ल्याबको १ हजार स्वाब चितवन मेडिकल कलेजले परीक्षण गरिदिने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १९:३७

१७ भदौ, चितवन । भरतपुर अस्पताल मातहतमा रहेको भरतपुर कोभिड १९ प्रयोगशालामा स्वाबका नमुना थुप्रिन थालेपछि चितवन मेडिकल कलेजमा परीक्षण थालिएको छ ।

कलेजको भरतपुर–५ कैलाशनगरमा रहेको कोभिड ल्याबमा ७८८ वटा नमूनाको परीक्षण गरिएको कलेजका प्रवन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए । उनले कोभिड ल्याबका करीव एक हजार नमूना परीक्षण गर्ने बताए ।

‘हाम्रो ल्याबमा पोजेटिभ देखिएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङका नमूना पनि भरतपुर कोभिड ल्याबमा गएका छन् बढेको चाप घटाएर सहयोग गरौं भन्ने पनि हो’ डा. न्यौपानेले भने, ‘अर्को हाम्रो सामाजिक उत्तरदायित्व पनि हो ।’

सरकारले निजी प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिएको छ । तर यसबापत चितवन मेडिकल कलेजले शुल्क नलिने जनाएको छ ।

चितवन मेडिकल कलेजको ल्याब स्वाचालित छ भने, भरतपुर कोभिड ल्याब म्यानुअल छ । भरतपुर कोभिड प्रयोशगालाको दैनिक क्षमता ३ सय ५० देखि ४ सयसम्मको छ ।

चितवन मेडिकल कलेजको ल्याबले दैनिक १२ सयसम्म नमूना परीक्षण गर्न सक्छ । भरतपुर प्रयोगशालामा हाल भदौ १४ र १५ गतेको करिव ४ सय नमुना परिक्षण गर्न बाँकी नै छ ।

भरतपुर अस्पताल कोभिड प्रयोगशालाबाट चितवन मेडिकल कलेजमा अहिले पठाइएका नमुनाहरु बीपी कोइराला क्यान्सर अस्पताल लगायतका केन्द्रबाट संकलन गरिएका नमूनाहरू हुन् । पछिल्लो समय भरतपुर अस्पताल प्रयोगशालामा नमुना थुप्रिएपछि केही दिन ७ सय नमुना परीक्षणका लागि काठमाडौं र धुलिखेल पठाइएको थियो ।

चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. न्यौपानले स्थानीय तह वा सरकारले निशुल्क रिएजेन्ट दिए नमूना परीक्षण निशुल्क गरिदिने बताए । तर, अहिलेसम्म रिएजेन्ट दिने बारेमा विभिन्न निकायमा भने पनि कसैले पनि चासो नदिएको डा. न्यौपानेको भनाइ छ । उनले भरतपुर कोभिड ल्याबमा पालो पर्खिरहेका १० हजार नमूना परीक्षण गर्ने बताएका छन् ।

चितवन मेडिकल कलेजले हाल एक जनाको ४ हजार ४ सय रुपैयाँमा कोरोना परीक्षण गर्दै आइरहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?