+
+

प्रदेश २ सरकारले दलित समुदायका व्यक्ति हत्याको छानबिन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १७ गते १९:५२

१७ भदौ, जनकपुरधाम । पछिल्लो समय भएको दलित समुदायका व्यक्ति हत्याको घटना छानबिन गर्न प्रदेश २ सरकारले छानबिन समिति गठन गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको बुधबार बसेको पहिलो बैठकले दलितबिरुद्व भएका घटना छानबिनका लागि समिति गठन गरेको हो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठन भएको समितिमा प्रमुख प्रतिपक्षी दल नेकपाका सचेतक एवं अनुगमन समितिका सदस्य सुन्दर विश्वकर्मा, प्रदेश सभा सदस्य सुनिता देवी मोची, प्रमिला देवी दास सदस्य रहेका छन् । सदस्य सचिवको जिम्मेवारी प्रदेश प्रहरीका प्रमुखलाई दिइएको छ ।

समितिलाई हालै रौतहटमा प्रहरी थुनामा मृत्यु भएका विजय महरासहित प्रदेशभित्र भएका दलित समुदायका व्यक्तिको हत्याका घटना छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

बैठकले लकडाउनमा खान नपाएर मृत्यु भएका सप्तरीको कंचनरुप नगरपालिकाका मलर सदा र विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेका सप्तरीकै अग्निसाइर कृष्णासावरण गाउँपालिकाका भुटाई सदाको परिवारलाई १ लाख ५० हजारका दरले आर्थिक सहयोग दिन प्रदेश सरकारलाई सिफारिस गरेको छ ।

त्यस्तै रौतहटमा हत्या भएका निरंजन राम र मित्रा देवी बैठाको परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । पछिल्लो समयमा विभिन्न घटनामा प्रदेश २ मा दलित समुदायका १३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?