Comments Add Comment

शरीरलाई अनेकन रोगबाट बचाउने  सेतो रक्त–कोशिका कसरी बन्छ ?

शरीरमा तीन प्रकारका रक्तकोशिका हुन्छन् । एक, सेतो रक्तकोशिका । दुई, रातो रक्तकोशिका  । तीन, प्लेटलेट्स । यी तीन रक्तकोशिकामध्ये सेतो रक्तकोशिकाको चर्चा गरौं । खासगरी शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउन र वाह्य संक्रमणबाट शरीरलाई रक्षा गर्न सेतो रक्तकोशिका चाहिन्छ ।

त्यसैले त जब शरीरमा सेतो रक्तकोशिकाको मात्रा कमी हुन्छ, तब शरीरमा अनेकन रोगले संक्रमण गर्न थाल्छ । अर्थात, शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ ।

यी कोशिका शरीरमा लगातार बन्ने र नष्ट हुने गर्छ । कुनै स्वस्थ व्यक्तिमा प्रतिघन मिलिलिटर रगतमा ५ हजार देख ११ हजारसम्म सेतो रक्तकोशिका हुन्छ । एड्स, क्यान्सर तथा हेपाटाइटिस आदिमा सेतो रक्तकोशिकाको संख्या कमी हुनसक्छ । स्वस्थ्यवद्र्धक खानेकुरा तथा नियमित औषधिको सेवनले यो कोशिकाको स्तरलाई बढाउन सकिन्छ ।

शरीरमा सेतो रक्तकोषिकाको काउन्टमा कमी भएमा व्यक्तिलाई ल्युकोपिनिया नामक समस्या हुन सक्छ । यो समस्या भएमा रोगबाट लड्ने शरीरको शक्तिमा कमी हुने गर्छ र एड्स, क्यान्सर, हेपाटाइटिस जस्ता रोग लाग्ने सम्भावना बढ्न थाल्छ ।

भिटामिन ए, सी र ईले सेतो रक्तकोषिकालाई सही तरीकाले काम गर्न मद्दत गर्नुका साथै यिनीहरुको संख्या बढाउन समेत मद्दत गर्छ । त्यसैले, त यसको सेवनद्धारा रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रोग लाग्नबाट बच्न सकिन्छ । यसको लागि गाजर, गोलभेडा, खुर्शानी, जैतुनको तेल, बदाम र सुन्तलाको सेवन गर्नु पर्छ ।

यसमा रहेको एन्टीअक्सिडेन्ट, एन्टीव्याक्टेरियल तथा एन्टी इन्फ्लेमेन्टरी तथा एन्टीभाइरलले गुण सेतो रक्त कोषिका निर्माण गर्न मद्दत गर्छ । र, शरीरको प्रतिरोधी क्षमतालाई बलियो बनाएर रोगसित लड्न मद्दत गर्छ ।

ग्रीन टीमा रहेको भिटामिन सी, पोलिफिनलको साथमा रहेका अन्य एन्टी अक्सिडेन्ट तत्वले शरीरमा रहेका व्याक्टेरियालाई नष्ट गरेर शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउँछ र सेतो रक्तकोशिका बढाउँछ ।

शरीरमा जिंकको कमी भएमा सेतो रक्तकोशिका कम हुने गर्छ  । जबकी जिंकयुक्त आहारको सेवनले सेतो रक्तकोशिकाको संख्या बढाउन मद्दत गर्छ । त्यसैले, आहारमा सकेसम्म जिंकको मात्रा बढाउने कोशिश गर्नुपर्छ ।

नियमित रुपमा दहीको सेवन गरेमा सेतो रक्तकोषिकाको संख्या बढ्नुका साथै शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्ने गर्छ । दहीले शरीरमा एन्टिबायोटिक सरह नै काम गर्छ र रोगसँग लड्न मद्दत गर्छ ।

भिटामिन वा खनिजका कारण आहारमा हरियो सागसब्जी महत्वपूर्ण हुन्छ । यसलाई लौह तत्व, भिटामिन ए, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी, क्याल्सियम तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । यसमा शक्तिशाली एन्टीअक्सिडेन्टस् तत्व हुन्छ जसले सेतो रक्तकोशिकाको संख्या बढाउँछ । जसले गर्दा शरीरमा क्यान्सरलाई बढाउने फ्री रेडिकल्स बढ्न पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment