+
+
Shares

सप्तरीका २ संक्रमितको धरानमा मृत्यु

हरि अधिकारी हरि अधिकारी
२०७७ भदौ १८ गते १७:३६

१८ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको बिहीबार दिउँसो मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका– ७ का ५० र ५५ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनीहरुको मृत्यु बिहीबार दिउँसो करिब एक घण्टाको अन्तरमा भएको हो । ५५ वर्षीय पुरुषको सवा १ बजे र ५० वर्षका पुरुषको दिउँसो २ बजे भएको हो ।

५५ वर्षीय पुरुष ७ भदौमा प्रतिष्ठानमा भर्ना भएका थिए । उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो । उनलाई छिन्नमस्ता अस्पताल सप्तरीले प्रतिष्ठानमा रेफर गरेको थियो ।

५० वर्षीय पुरुषलाई बिहीबार दिउँसो ल्याइएको थियो । बिहीबार दिउँसो १ः २० मा भर्ना भएका ५० वर्षीय पुरुषको २ बजे मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । ‘समन्वय नगरी आउनु भएको थियो’ उनले भने ‘अवस्था गम्भीर थियो ।’

उनमा श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएको थियो । चार दिनयता सिकिस्त बिरामी भएका उनी मधुमेहको रोगी रहेको पनि सापकोटाले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?