Comments Add Comment

१ सय १७ बर्षकी जापानी महिलाको सुझाव : दीर्घजीवन कसरी पाउने ?

जापानको फुकुओकाकी वसोवास गर्ने एक सय १७ वर्षे केन टानाकालाई गनिज बुक अफ वल्ड रेकर्डले मार्च ९, २०१९ मा विश्वकै सबैभन्दा वृद्ध महिला भनी उल्लेख गरेको थियो । उनले कसरी शान्तिपूर्ण जीवन विताउने, कसरी खुसी र सुखी हुने भनी आफ्नो अनुभव सुनाएकी छिन् ।

केनको साधारण तथा प्रभावकारी दीर्घायुको राज भनेकै विहान सबेरै उठ्नु पनि हो ।  दिउँसोमा समय व्यतित गर्न लागि उनी विभिन्न किताबहरु पढ्छिन् । गणितको अभ्यास गर्छिन् । भन्छिन्, ‘दिमागको विकास गर्नु छ भने हामीले पढ्नै पर्छ ’। त्यसैगरी उनले आफ्नो खुशी र सुखी जीवनको राज आफ्नो ठूलो परिवार भएको बताएकी थिइन् । महत्वपूर्ण कुरा के पनि भने, उनले आफ्नो दीर्घ जीवनको रहस्य जुनसुकै अवस्थामा पनि आशावादी र सकारात्मक हुनु बताएकी थिइन् ।

एक सय १३ वर्षको उमेरमा एक अन्तवार्ता दिने क्रममा उनले भनेकी थिइन्, ‘म यति टाढा आइसकेको छु कि अब प्रयास गर्ने अलावा मसँग अरु कुनै विकल्प छैन । म सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु’ । सन् २०१८ मा दिएको अन्तर्वातामा उनले आफु एक सय २० वर्षसम्म बाँच्न चाहेको बताएकी थिइन् ।

केनलाई खेलकुदमा पनि असाध्य रुची छ । उनी आफूलाई सक्रिय तथा समाजमा भिज्न आफु बसोबास गर्ने आराम घरका सहयोगीहरु विभिन्न किसिमका बोर्ड खेल खेल्छिन् । उनको मनपर्ने खेल ओथेलो हो । उनी यसको क्यालिसक बोर्ड गेमको विज्ञ पनि हुन् ।

त्यसबाहेक, केन चकलेट तथा कफी खान्छिन् । त्यसैले त, गिनिज बुक अफ वल्र्ड रेर्कडको समारोहमा केनलाई धेरै भन्दा धेरै चकलेट प्रदान गरिएको थियो । जुन उनले तुरुन्तै खान सुरु गरेकी थिइन् । जब उनलाई सोधिएको थियो, तपाईं अहिले कतिओटा सम्म चकलेट खानुहुन्छ ? जवाफमा उनले भनेकी थिइन्, ‘सयवटा’ ।

केनको जीवनयात्रा

जनवरी २, सन् १९०३ मा जन्मेकी केन टानाका  कुमाकिची तथा कुमा ओटाकी सातौ सन्तान हुन् । हिडेओ टानासित सन् १९२२, जनवरी छ मा विवाह गरे पश्चात्त उनी पाँच सन्तान (चार आफ्नो र एक धर्मपुत्र) की आमा भइन् ।

उनले आफ्नो विवाहकै दिन पहिलो पटक हिडेओ  टानाकालाई भेटेकी थिइन् । हिडेओको ‘टानाका मोचिया’ नामक आफ्नै पारिवारिक व्यवसाय थियो । उनी स्टिकी राइज बनाउने र बेच्ने गर्थे, जुन जापानीजको पारम्परिक मिठाई पनि हो ।

दोश्रो सिनो–जापानीज युद्ध ताका सन् १९३७ मा हिडेओलाई आर्मीमा भर्ती हुन भनिएपछि केन आफ्नो पारिवारिक व्यवसायमा सक्रिय हँुदै गइन् । सो क्रममा उनले एक्लै बालबालिकाको हेरचाह गर्नुका साथै हिडेओको आमाको समेत हेरचाह गर्थिन् ।

सन् १९४३ मा केनका छोरा नोबोउ पनि आर्मीमा भर्ती भएका थिए । तर दोश्रो विश्व युद्ध पछि सन् १९४७ उनी घर फर्किए । त्यसपछि पनि केनले ६३ वर्षको उमेरमा अवकास नपाउँदासम्म पनि आफ्नै स्टोरमा काम गरिन् ।

केनलाई एक सय ती वर्षको उमेरमा कोलोन क्यान्सर भएको पत्ता लागेको थियो । यद्यपी, उनी बाचिन् । त्यस्तै, एक सय सात वर्षको उमेरमा आफ्नो अनुभवलाई संगालेर ‘गुड एण्ड व्याड टाइम्स’ नामक किताब लेखेकी थिइन् ।

लामो आयुको रहस्य

लामो आयु बाच्नेमा जापान अगाडी रहेकै कारण जापानलाई ‘ल्याण्ड अफ इममोर्टल  (अमर भूमि)’ पनि भन्ने गरिन्छ ।

जापानीजहरु लामो आयु बाँच्नुमा सन्तुलित आहार, स्वस्थकर खानेकुरा र सुधारिएको जीवनशैली मुख्य कारक रहँदै आएको छ । यसबाहेक, जापानको प्रभावकारी स्वास्थ्य सेवाका कारण पनि त्यहाँका मानिस लामो आयु बाँच्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment