+
+
Shares

धनुषामा मृत भेटिएका भारतीय मजदुरमा कोरोना पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते ११:४८

१९ भदौ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालिमा कार्यरत भारतीय मजदुरमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

गत भदौ १७ गते राति कम्पनीमै सुतेका भारतको आन्ध्र प्रदेशका ६५ वर्षीय पुरुष १८ गते बिहान मृत फेला परेका थिए । उनलाई तीन दिन अगाडिबाट ज्वरो र झाडापखाला लागिरहँदा स्थानीयस्तरमै उपचार गराइएको थियो ।

उनको मृत्युपछि १८ गते बिहानै कोरोना आशंका गर्दै स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला जनकपुरधाम पठाइएको थियो । १८ गते राति नै उनको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

रिपोर्ट आएसँगै उनको शवलाई नेपाली सेनाको टोलीले महेन्ऽनगर र इच्छापुरको बीचमा रहेको जलाद नदीमा व्यवस्थापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?