
बलिउड मेकरहरु विस्तारै चलचित्रको छायांकनमा फर्किन थालेका छन् । एकपछि अर्को चलचित्रको निर्माणको घोषणा भैरहेको छ । भारतमा दैनिक ८० हजार कोरोना संक्रमित देखिएका छन्, तर बलिउड मेकर नयाँ चलचित्रको घोषणा गर्न आतुर देखिदैछन् ।
रमेश तैरानी र अक्साई पुरीको निर्माणमा तयार हुन लागेको चलचित्र ‘भूत पुलिस’का लागि केही दिन अगाडि मात्र नायकद्धय अर्जुन कपुर र सैफअली खानलाई फाइनल गरिएको थियो ।
हरर कमेडी चलचित्रका लागि अब नायिका पनि फाइनल गरिएको छ । यो चलचित्रका लागि नायिकाद्धय ज्याकलिन फर्नान्डेज र यमी गौतमलाई फाइनल गरिएको भारतीय मिडियाले बताएका छन् ।
चलचित्रका निर्माताका अनुसार, करिब ८० प्रतिशत छायांकन मुम्बई भन्दा बाहिर सक्ने योजना बनाइएको छ । बाँकी २० प्रतिशत छायांकन मुम्बइमा सेट लगाएर गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4