Comments Add Comment

गुल्मीको कर कार्यालयबाट एक महिनामा ३ करोड राजस्व संकलन

१९ भदौ, गुल्मी । कर दाता सेवा कार्यालय गुल्मीले एक महिनाको अवधिमा ३ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले सदरमुकाम तम्घासमा गत महिनादेखि करदाता सेवा कार्यालय स्थापना गरेको थियो ।

यो कार्यालयबाट कर संकलन, खाता प्रमाणित, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता, कारोबार परिर्वतन, अन्तशुल्क संकलन, व्यवसाय खारेज, कर शिक्षा जस्ता सेवा दिँदै आएको छ ।

करसम्बन्धी काम गुल्मीमा हुन थालेसँगै यहाँका व्यवसायीलाई पाल्पा र बुटवल जानपर्ने बाध्यता अत्य भएको छ । करदाता सेवा कार्यालय गुल्मीमा आएपछि एक महिनाको अवधिमा १ सय ५० वटा व्यवसाय आयकरमा र ३० वटा भ्याटमा दर्ता भएको छ ।

७ सय व्यवसायको अन्तर मूल्य नवीकरण भएको कार्यालय प्रमुख विनोदकुमार माझीले बताए । व्यक्तिगत प्यान नम्बर ३ सय ५० जनाले लिएका छन् । एक महिनाको अवधिमा ३ सय जनाले कर चुक्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment