Comments Add Comment

बागलुङको बाढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री थापा

१९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितको टोलीले बागलुङमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । त्यसक्रममा ढोरपाटन नगरपालिका वडा नं. ७, ८ र ९ मा गएको बाढीमा ज्यान गुमाएका ८ जनाको परिवार र प्रभावितलाई राहत समेत वितरण गरिएको छ ।

बिहीबार मौसमबाट कारण बाढी प्रभावित क्षेत्रमा पुग्न नसकी फर्किएको टोली शुक्रबार बिहान बागलुङका लागि उडेको थियो । टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत छन् ।

बाढी प्रभावित क्षेत्रमा पुगेर उनीहरु पोखरा फर्किसकेका छन् । पोखराबाट केहीवेरमा काठमाडौं फर्किने कार्यक्रम रहेको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ ।

गृहमन्त्री थापासहितको टोली यसअघि पनि राहत लिएर सिन्धुपाल्चोक र अछामको बाढी प्रभावित क्षेत्रमा पुगेको थियो ।

यो पनि पढ्नुहोस चारआनाको राहत, बाह्रआनाको भ्रमण खर्च !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment