Comments Add Comment

मर्मतसम्भार गर्न शनिबार बालाजु क्षेत्रमा बिजुली काटिने

१९ भदाै, काठमाडौं । काठमाडौंका केही ठाउँमा शनिबार बिजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली हुने छैन ।

बनस्थली, गंगाहल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।

त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडरभित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नुपर्ने भएकाल विद्युत् आपूर्ति बन्द गर्नु परेको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।

तोकिएको समय अघि नै काम सकिएमा तुरुन्त बिद्युत आपूर्ति सुचारु गरिने रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment