
१९ भदौ, काठमाडौं । गत मंगलबार राति दक्षिण बागलुङको भुजीखोलामा आएको बाढीका कारण १४ जनाको मृत्यू भएको छ भने २४ जना अझै वेपत्ता रहेका छन् ।
बाढीले ढोरपाटन नगरपालिकाको ५, ६, ७, ८ र ९ को ८० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पु¥याएको छ ।
त्यस्तै, बाढीले ११ वटा लघुजलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाइ, ११ वटा झोलुंगे पुल, ५ वटा ढलान पुर, १० वटा काठे पुर र दुई विद्यालयमा पनि क्षति पुगेको नगरपालिकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नगर प्रमुख देवकुमार नेपालीले बेपत्ताहरुको खोजी जारी रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4