Comments Add Comment

गोरखा अस्पतालमा मृत्यु भएकी ७६ वर्षीया महिलामा कोरोना पुष्टि

२१ भदौ, काठमाडौं । गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि गोरखा नगरपालिकाकी ७६ वर्षीय ती महिला शनिबार अस्पताल भर्ना भएकी थिइन् । आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अस्पतालका अनुसार महिलाको ब्रेनह्यामरेज भई मृत्यु भएको हो ।

मृत्युपछि शनिबार नै उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको गण्डकी प्रदेश, जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक सपना सुबेदीले बताइन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाले मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment