Comments Add Comment

निगमको थानकोट डिपो नजिक डिजेल ट्याङ्कर दुर्घटना

२१ भदौ, काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपो प्रवेश गर्ने मोडमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ । रक्सौलबाट काठमाडौं आइरहेको ट्याङ्कर मूल सडकबाट मोडिएर डिपोतर्फ जान लाग्दा चिप्लिएर खेतमा खसेको निगमको थानकोट डिपोले जनाएको छ ।

बीस हजार लिटर डिजेल बोकेको ना ७ ख ७३९ नम्बरको ट्याङ्कर केहीबेर अघि दुर्घटनामा परेको डिपो प्रमुख प्रदिप कुमार यादवले जानकारी दिए ।

खेतमा पल्टिएको ट्याङ्करमा रहेका चालक दलका सदस्य सकुशल रहेको र ३ हजार लिटर तेल पेखिएको यादवले बताए । ‘ट्याङ्कर लडेको सूचना लगत्तै हामी डोजर लिएर पुग्यौं, ट्याङ्करलाई अहिले उठाएका छौँ, क्रेन मगाएर खेतबाट झिक्दै छौँ,’ यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment