+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भोकालाई नि:शुल्क खाना (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ भदौ २१ गते १५:५४

२१ भदौ, काठमाडौं । खुलामञ्चस्थित बसपार्कमा लगभग ४ सय जना मजदुर भेला हुन्छन्। कोही रिक्सा चालक, कोही भरिया र कोही निर्माण क्षेत्रमा काम गर्ने मजदुर आउँछन् । उनीहरु काम गर्नको लागि होइन एक छाक खान टाढा टाढादेखि हिड्दै आएका हुन्छन् ।

कोरोना भाइरसको महामारी र यसलाई नियन्त्रण र रोकथामका सरकारी निकायले गरेको निषेधाज्ञाजस्ता बन्देजका कारण कमाइ गर्न नपाउँदा उनीहरुको घरमा चुलो बल्न छाडेको लामो समय भइसकेको छ ।

गत चैतमा सरकारले लकडाउन गर्दा कमाइ गर्न नसक्‍नेहरुलाई केही मात्रामा राहत वितरण गरिए पनि गत भदौ ४ गतेपछि फेरि अत्यावश्यक सेवाबाहेक सबै क्षेत्र बन्द हुने गरी निषेधाज्ञा जारी गरे पनि अहिले राहत बाँडिएको छैन ।

भोकले भौतारिदै हिँड्दा यहाँ आइपुगेको खानाको लाइनमा बसेका एक मजदुर सुनाउँछन् । घरमा खाना केही नभएपछि कतै केही पाइन्छ कि भनेर हिँड्दा हिँड्दै यहाँ आइपुगेको उनले सुनाए । भने, ‘कसैले बोलाएर आएको होइन, यहाँ खाना बाँडेको देखेपछि आएको हूँ।’

‘हामी मजदुरसँग एक सुक्को बचत हुन्न, काम नभएपनि भोक त लाग्दो रहेछ, यहाँ खाना बाँडेको देखेपछि आएको हुँ, एक हप्तादेखि ढुक्क छ’ खानाको लाइनमा बसेका अर्का मजदुरले निराश हुदै सुनाए, ‘उहाँहरुले बाँडुञ्जेल त खाना पाइएला, त्यसपछि के खाएर बाँच्ने तनाव छ, कोठाको भाडा तिर्न नसकेर घरबेटीले ल्याङल्याङ गरिराछ ।’

काठमडौंमा भोकभोकै पर्नेहरुका लागि केही स्वय‌ंसेवीहरुले निशुल्क खाना खुवाइरहेका छन् । खुलामञ्‍चमै विभिन्न समूहले निशुल्क खाना दिइरहेको छ ।

विगत ८ दिनदेखि रोयल कोलाब्रेटिभ संस्थाले पनि खुलामञ्चमा मजदुरका लागि खाना खुवाइरहेको छ । दाल भात तरकारी र अचार उनीहरुले हरेक दिन बाँड्छन् । संस्थाका अध्यक्ष गजेन्द्र शाहीका अनुसार उनीहरुले नेपाल भारत सीमामा अलपत्र मजदुरहरहरुलाई १ महिनासम्म खाना खुवाए । अहिले, त्रिवि शिक्षण अस्पताल, रत्नपार्क पशुपतिलगायतको ठाउँमा गरेर दैनिक १५ सय मजदुरहरुलाई खाना खुवाउँछन् ।

‘हामीले आफै‌ं साथीहरुकोसँग सरसहयोग गरेर खाना खुवाइरहेका छौं, कसैले रासन सहयोग गर्नुहुन्छ, कसैले पैसा यसरी नै हामीले काम गरिरहेका छौ‌ं’ शाहीले भने, ‘धेरै जना मिलेर काम गर्दा सहयोग गर्न सकिने रहेछ।’

उनका अनुसार अरु कुनै ठाउँमा खाना चाहिएमा निशुल्क पठाउने व्यवस्था समेत छ । कान्ति अस्पताल एरियामा स्टल राखिएको भएकाले जो कोही भोका मानिसहरु गएर निशुल्क खान पाउँछन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?