+
+

बेलायतको बर्मिंघमको चक्कु आक्रमण ‘मेजर इन्स्टिडेन्ट’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १५:०५

२१ भदौ, काठमाडौं । बेलायतको बर्मिंघम सिटी सेन्टरमा ठूलो संख्यामा मानिसहरुमाथि चक्कु आक्रमण भएको छ । स्थानीय प्रहरीले यसलाई ‘मेजर इन्स्टिडेन्ट’ अर्थात् ठूलो घटना घोषणा गरेको छ ।

प्रहरीले ‘मेजर इन्स्टिडेन्ट’ घोषणा गर्नुको अर्थ यो घटनामा कि त निकै ठूलो क्षति पुगेको कि आम मानिसको सुरक्षामा खतरा छ । यससँगै प्रहरीले सुरक्षाको व्यवस्था गर्नेछ र आपतकालीन सेवा मगाउन सक्छ ।

अहिलेसम्म यो आक्रमणमा कति मानिस संलग्न थिए र यसको क्षतिको स्पष्ट हुन सकेको छैन ।

वेस्ट मिडल्याण्ड्स प्रहरीले आइतबार राति चक्कु आक्रमण हुने सूचना पाएको बताएको छ । प्रहरीले आफूहरुले धेरै मानिस घाइते भएको समाचार पाएको तर अहिले नै कति मानिस घाइते भए र उनीहरुको अवस्था कस्तो छ भनेर भन्न सक्ने अवस्थामा नरहेको बताएको छ ।

वेस्टमिडल्याण्ड्सको प्रहरीले अहिले घटनाको वास्तविकताबारे अध्ययन गरिरहेकाले सबैलाई शान्त तर सतर्क रहन आग्रह गरेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?