Comments Add Comment

पर्सामा थप ५२ जना कोरोना संक्रमणमुक्त

२१ भदौ, वीरगञ्ज । पर्सामा आइतबार थप ५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकोले उनीहरु कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

कोभिड अस्पताल गण्डकबाट ११ जना, वीरगञ्ज हेल्थ केयरबाट १३ जना, पर्सागढी मनवा सामुदायिक आइसोलेसनबाट ११ जना, वीरगञ्जस्थित होटल विजय ज्योतिबाट १ जना, रानीपोखरी होटलबाट ३ जना, बहुदरमाई नगरपालिकाबाट ५ जना, पोखरिया नगरपालिकाका विभिन्न होम आइसोलेसनबाट ६ जना कोरोनामुक्त भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

पर्सामा पछिल्लो १२ दिनमा ७ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन् । वीरगञ्जस्थित १ सय ७० बेडको २ दुई वटा कोभिड अस्पतालमा ६२ जना संक्रमित उपचाररत छन् ।

९ सय २६ जना संक्रमित होम आइसोलेसनमा र २ सय ५४ जना विभिन्न विद्यालय, होटल तथा अतिथि सदनका सेमी–आइसोलेसनमा बसिरहेका छन् । क्वारेन्टिनमा ४६ जना शंकास्पदलाई राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment