Comments Add Comment

मलाइकालाई पनि कोरोना पुष्टी

आइतबार बिहान मात्र बलिउड नायक अर्जुन कपुरले आफूलाई कोरोना पोजिटिभ देखिएको बताएका थिए । उनले, कोरोना संक्रमण देखिएपछि आफू होम क्वारेन्टाइनमा बसेको पनि बताएका थिए ।

अर्जुनलाई कोरोना पुष्टी भएको केही घन्टापछि बलिउड नायिका मलाइका अरोरालाई पनि कोरोना पुष्टी भएको छ । मलाइका र अर्जुन केही बर्षदेखि प्रेम सम्बन्धमा छन् । रियालिटी शो ‘इन्डियाज बेष्ट डान्सर’का निर्माता रंजित शर्माले भारतीय मिडियासँग कुरा गर्दै मलाइकालाई कोरोना पुष्टी भएको बताएका छन् । उनले, मलाइकालाई कोरोना देखिएपछि वुधबारसम्मलाई शोको छायांकन रोकेका पनि बताएका छन् । यो शोको मेकरले अब अन्य २ निर्णायकलाई राखेर शोको छायांकन गर्ने तयारी गरेको छ ।

मलाइकाको स्वास्थ्य अवस्थाको बारेमा केही पनि बताइएको छैन । उनी, पनि होम क्वारेन्टाइनमा नै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

केही हप्ता अगाडि मात्र नायक अमिताभ बच्चन, अभिषेक बच्चन र नायिका ऐश्वर्या राय कोरोनाबाट मुक्त भएका थिए । भारतमा दैनिक ९० हजारसम्म कोरोना संक्रमित देखिएपनि बलिउड मेकरले सुरक्षा विधी अपनाएर छायांकन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment