+
+

गुल्मीमा युवकको हत्या गरी धनमाल चोरी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १३:५९

२२ भदौ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-२ का एकजना युवकको हत्या भएको छ । वडानम्बर- १ स्थिति हस्तिचौरको छिन्ना खेलामा होटेल सञ्चालन गर्दै आएका २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

मोती र उनका दाजु यमबहादुर कुँवरले होटेल छिन्ना खोलामा सञ्चालन गर्दै आएका थिए । मृतकका दाइ सोमबार बिहान आउँदा भाइलाई रगताम्य र अचेत अवस्थामा फेला पारेका थिए ।

अचेत अवस्थामा उनलाई गुल्मी अस्पताल तम्घास ल्याएको भए पनि केही समयपछि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कुँवरको टाउको र शरीरको अन्य भागमा चोट छ ।

होटेलबाट ३५ हजार नगद, १० हजार बराबरको एनसेलको रिचार्ज कार्डलगायत सामान पनि चोरी भएको प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

मोतीको कुटपिटबाटै ज्यान गएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?