Comments Add Comment

रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत २९ गते जुर्‍यो

काठमाडौं । रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत जुरेको छ । सोमबार दैवज्ञ ज्योतिषहरूले रातो मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत भदौं २९ गतेको लागि जुराएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए ।

गत बिहीबार अचानक युवाहरूले रथ तान्ने प्रयासपछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको सरोकारवाला निकायहरूको बैठकले शुक्रबार क्षमापूजा गरेर भदौ २२ मा मत्स्येन्द्रनाथलाई बुंगमती लैजाने साइत जुराउने सहमती गरेको थियो ।

सहमतिअनुसार भदौ २६ भित्रै बुंगमती लैजाने सहमती भएको थियो । तर सोमबार साइत जुराउँदा भदौ २९ गतेको लागि जुरेको महर्जनले जानकारी दिए ।

मत्स्येन्द्रनाथलाई बुंगमती लगेको चार दिनपछि पुल्चोकमा नै रथ भत्काउने काम सुरु हुने पनि महर्जनले जानकारी दिए । बिहीबार अव्यवस्थित रूपमा तानिएको रथमा केही क्षति भएको र बाटोमा अलपत्र परेका कारण आइतबार रथलाई २० मिटरजति तानेर सुरक्षित ठाउँमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment