+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

३६२४ मध्ये ४७ हिमताल जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १६:५४
इम्जा ताल । साभार : इसिमोडको प्रतिवेदनबाट ।

२२ भदौ, काठमाडौं । कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रका ४७ वटा हिमताल विस्फोट हुने जोखिममा रहेको एक अध्ययनले देखिएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्त रुपमा गरेको अध्ययनले त्यस क्षेत्रका ३ हजार ६२४ मध्ये ४७ हिमताल जोखिममा रहेको निश्कर्ष निकालेको हो ।

सोमबार सार्वजनिक ‘इन्भेटोरी अफ ग्ल्यासियल लेकस् एण्ड आइडेन्टिफिकेसन अफ डेन्जरस ग्ल्यासियल लेकस इन दि कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल, दि तिब्बत अटोनोमस रिजन अफ चाइना एण्ड इन्डिया’ शीर्षकको प्रतिवेदन अनुसार जोखिमयुक्त हिमताल मध्ये २१ वटा नेपालमा छन् ।

त्यस्तै, २५ वटा चीनमा र एउटा हिमताल भारतमा पर्छ । ४७ मध्ये ४२ वटा हिमताल कोशी जलाधार क्षेत्रमा, तीन वटा गण्डकी र दुई वटा कर्णाली (काली/महाकाली) जलाधार क्षेत्रमा छन् ।

इसिमोडका डेभिड मोल्डेन र युएनडिपीका ए.एम. लबेद्वारा बेवीनारमार्फत सार्वजनिक प्रतिवेदनमा बाँधको विशेषता, स्रोत, हिमतालको क्षेत्रफलको फैलावटको परिवर्तन र हिमताल आसपासको बनावट आदिको विश्लेषण गरे जोखिमयुक्त हिमताल पहिचान गरिएको उल्लेख छ ।

भूगोल विभागका प्राध्यापक डा. नरेन्द्रराज खनालले गरेको अध्ययन अनुसार भोटेकोशीको लुमुचिमी ताल फुट्यो भने १६ हजार, दुधकोशीको इम्जाबाट ७ हजार ७६२, तामाकोशीको च्छो–रोल्पाबाट ५ हजार र मस्र्याङ्दीको थुलगीबाट करिब ४ हजार प्रभावित हुने देखिन्छ ।

नेपालले अहिलेसम्म २१ वटा हिमताल विस्फोटले निम्त्याएको बाढी र क्षति भोगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?