+
+
Shares

सिराहाका कोरोना संक्रमितको काठमाडौंमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १८:२७

२२ भदौ, जनकपुरधाम । सिराहामा थप एक जना कारोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ३ का ७७ बर्षीय पुरुषको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

सास फेर्न समस्या भएपछि गत भदौ १६ गते काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार गराउन गएका ती पुरुषको आइतबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।

भदौ १६ गते अस्पताल भर्ना भएका उनको सोही दिन स्वाब संकलन गरी परीक्षण गर्दा १७ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको यादवले बताए ।

मृतक यसअघि क्षयरोगी थिए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?